Logo
Logo

मन्दिर जाँदै गरेको भ्यान कालीगण्डकीमा खस्यो, चालकको मृत्यु


630
Shares

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बेनी–जोमसोम–कोरला सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरदेखि नारच्याङमा रहेको शिव मन्दिर जादै गरेको इकोभ्यान कालीगण्डकी नदीमा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा भ्यानका चालक समेत रहेकी अन्नपूर्ण–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता) रहेको सिमा प्रहरी चौकी भुरुङ्ग तातोपानीका प्रमुख प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले बताए ।

र्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइतेहरु रुपा पुन, नमिता चोचाङ्गी र बिष्णुकुमारी बुढाथोकीलाई उद्दार गरेर उपचारका लागि पोखरा अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्