Logo
Logo

माओावादीको जागरण अभियान : आज सुनसरीमा के-के छन् कार्यक्रम ?


945
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ अन्तरर्गत आज सुनसरीमा कार्यक्रम गर्दैछ ।

आज बिहान बर्जु–शुक्रबारे बजारमा सहिद गेट अवलोकन, उखु किसानसँग छलफलसँगै अभियानको शुभारम्भ हुने छ । नेकपा माओवादी केन्द्र कोसी प्रदेशका अध्यक्ष हर्क नेम्वाङ (मिक्सो)का अनुसार बर्जु ताल निरीक्षणपछि त्यही कोणसभा गर्ने कार्यक्रम गरिनेछ ।

दउँसो १ बजेसम्म देवानगन्जमा कार्यकर्तासँग भेटघाटपछि हरिनगरका मुस्लिम समुदायसँग भेट्ने कार्यक्रम रहेको छ ।
हुलाकी राजमार्गकेन्द्रित अभियानअन्तर्गत सत्तेरझोडामा जनसभा, इनरुवा नगरपालिकाको जाल्पापुरमा नगर अधिवेशन उद्घाटन र कोसी गाउँपालिकामा जनभेटघाट कार्यक्रम रहेको छ ।

भोक्राहा नर्सिङ गाउँपालिकाका कार्यकर्ताहरूसँग भेटघाटलगायत एक दर्जन कार्यक्रमपछि साँझ वराहक्षेत्रको मधुवनमा बास बस्ने तालिका रहेको नेम्वाङले जानकारी दिए । यही फागुन १२ गते झापाको कचनकवलबााट सुरु भएको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ फागुन मोरङ हुँदै आज सुनसरी आइपुगेको हो ।

प्रतिक्रिया दिनुहोस्