
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक यही फागुन १८, १९ र २० गते बस्ने भएको हो ।
प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बैठक ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा तीन दिन बस्ने गरी बोलाइएको जानकारी दिए ।
बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने छ । त्यस्तै पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरुले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेज्डामा बैठक केन्द्रित हुने बस्नेतले बताए । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।














