Logo
Logo

किन आयो एकाएक फेसबुकमा समस्या ?


252
Shares

काठमाडौं । आज (बिहीबार) बिहान सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । फेसबुक प्रयोगकर्ताले वेबसाइटबाट फेसबुक खोल्दा नखुलेको हो ।

फेसबुक लगइन गर्दा ‘माफ गर्नुहोस्, केही समस्या भयो । हामी यसलाई सकेसम्म चाँडो समाधान गर्ने काम गरिरहेका छौँ’ भन्ने सन्देश देखिएको छ । यद्यपि एप्समा भने फेसबुक निर्वाध रुपमा चलिरहेकोा छ ।

नेपालमात्रै नभएर विदेशमा पनि यही समस्या देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यसबारे फेसबुकको मातृ कम्पनी मेटाले कुनै जानकारी दिएको छैन । यद्यपी अवरुद्ध भएको केही समयपछि फेसबुक पुनः सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्