
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महेन्द्र राय यादव नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी’ अभियानमा जोडिएका छन् ।
सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारेबाट यादव माओवादीको तराई–मधेश केन्द्रित ‘जनतासँग माओवादी’ अभियानमा जोडिएका हुन् ।
यादव अब अभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै हिंड्ने माओवादीका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद जीवन आचार्यले जानकारी दिए ।
डा.बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति)बाट छुट्टिएका यादव नेतृत्वको नेसपा र माओवादीबीच पार्टी एकताका लागि छलफल हुँदै आएको छ ।