Logo
Logo

डिजिटल प्रविधि समाजका लागी चुनौती बन्यो : प्रधानमन्त्री


441
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रविधि राज्य र समाजका लागी चुनौती भएको बताएका छन् ।

काठमाडौंमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले डिटिजल युगमा प्रविधिले सुविधा दिएसँगै यसबाट अनुचित लाभ लिन खोज्ने र अपराध गर्नेहरु बढेपछि राज्य र समाजका लागी चुनौती भएको बताएका हुन् ।

समाजमा भलाइ र मानवीय सुखका लागि प्रविधिको प्रयोग हुनुपर्ने भए पनि यसको दुरुपयोग भइरहेको उनको भनाइ छ ।

उनले समाजको खुसीका लागि पनि सामाजिक सञ्जालहरू बाधा बनिरहेका बताए । ‘मानिसहरू क्षणि रुपमा खुसी भए पनि सामाजिक सञ्जालले समाजको खुसी खोसिरहेको छ’, उनले भने ।

प्रविधिको दुरुपयोगले सामाजिक अपराधहरू बढ्‍दै गइरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले यसबाट बच्न आग्रह गरे ।

‘डिजिटल प्रविधिले विकासमा मद्दत पुर्याएपनि बेथितिहरू धेरै आइरहेका छन् । थिति बस्न सकेको छैन । त्यसकारण यसबाट बच्न जरूरी छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्