Logo
Logo

भेनेजुएला संकटमा क.प्रचण्डको असन्तुलित वक्तब्य


- दृष्टि न्युज/संवाददाता




दक्षिण अमेरिकी देश भेनेजुएलाको संकटलाई लिएर नेकपा अध्यक्ष प्रचण्डले दिनु भएको वक्तब्यले अहिले कुटनैतिक क्षेत्र तातेको छ । नेकपा भित्र पनि यो चर्चाको विषय वनेकोछ ।

वक्तब्यमा भनिएकोछ—“भेनेजुयलाका जनतालाई विभाजित गरी लोकतन्त्र, सार्वभौमसत्ता र शान्तिलाई चुनौती दिई हिंसा वढाउने मनसाय सहित भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिका र उसका गठवन्धन राष्ट्रले गरेको हस्तक्षेपको नेकपा भत्सर्ना गर्दछ ।….यो आन्तरिक मामिलामा अस्वीकार्य हस्तक्षेप हो र साम्राज्यवादी सैन्य कू हो ।….अमेरिकाले गत दशक देखि अमानवीय आर्थिक नाकावन्दी गरेर तथा भेनेजुएलामा सैन्य हस्तक्षेपको धम्की दिएर भद्रगोल र हिंसा मच्चाउन खोजिरहेकोछ ।”

भेनेजुएलामा मे महिना चुनाव भएको थियो । सो चुनावमा चरम धाँधली भएको आरोप लगाउँदै विपक्षी दलहरुले वहिष्कार गरेको थियो । चुनाववाट वर्तमान राष्ट्रपति मदुरो विजयी भएको घोषणा गरेर सपथ लिएपछि त्यहाँ विपक्षी दलहरु सडकमा ओर्लेका थिए । जनताको आन्दोलन चर्किने क्रम शुरु भएपछि राष्ट्रिय सभाका अध्यक्ष हुवान गुआइदोले आफुलाई अन्तरिम राष्ट्रपति घोषणा गरे । अमेरिका र युरोपका धेरै देशहरुले गुआइदोलाइ मान्यता दिएपछि भेनेजुयलाको संकट चर्केको थियो । चीन र रुसले भने वर्तमान राष्ट्रपतिलाई नै मान्यता दिएको छ ।

भेनेजुएलाको समस्या भनेको कम्युनिष्ट सरकार हटाएर पूँजीवादी सरकार वनाउन खोजेको पनि होइन । भेनेजुएलाको वर्तमान सरकारले केवल जनतालाई आँखामा छारो हाल्न अमेरिकाको विरोध गर्ने तर आफ्नो देशको स्वतन्त्र विकास गर्न भने असक्षम भएको स्थिति हो । त्यहाँ अहिर्ले महंगी वेरोजगारी र आर्थिक विश्रृंखलता चर्केको छ । यो भनेको अमेरिका विरोधी नाराको आडमा नोकरशाही पूँजीवादको चरम असफलता हो । त्यसका विरुद्ध त्यहाँका जनतामा पनि तीब्र असन्तोष फैलिएको वेला सत्ताको यो वा त्यो पक्षको समर्थनमा नेकपा अध्यक्षको वक्तव्य जानु सही होइन ।

साथै भेनेजुएलामा अमेरिका युरोपको धुरी र रुस चीनको धुरीका विच तीब्र प्रतिस्पर्धा छ । एक थरीको विरोध गर्दै अर्को धुरीमा नेकपालाई खडा गर्नु पनि सही होइन । वरु नेकपाले जनताको स्वतन्त्र धारको पक्षमा आफुलाई खडा गर्न पर्दथ्यो । तर त्यसो भएन ।

प्रचण्ड नेपालका अघोषित प्राइम मिनिष्टर इन वेटिङ हो । उहाँको विगत देखिको (जनयुद्धकाल देखिको) समस्या भनेको कहिले काहिँ दायाँ वा वायाँ अतिमा जाने समस्या हो । भावि प्रधानमन्त्रीले सन्तुलित हुनु पर्नेमा यो वा त्यो धुरीमा विश्व मंचमा खेल्न थाल्ने हो भने उहाँलाइ नै यसले क्षति पु¥याउने हुन्छ ।

प्रचण्डलाई अमेरिकामा भ्रमणको लागि आगामी महिनाको निम्तो रहेको छ । विश्व राजनीति निकै तरल हुनथालेको वेला केही समय पर्ख र हेरको नीति सही हुनेछ । मुख्यतः यो वा त्यो धुरीमा भन्दा जनताको पक्षमा रहनु सही जनपक्षीय कुटनीति हो ।

नेपाल स्थित विदेशी राजदूतहरुको संयुक्त वक्तब्यको प्रतिक्रिया स्वरुप यो वक्तव्य आएको हो भने झन गलत हो । विदेशी राजदूतहरुलाई भन्ने वाटो सरकारले नै दिएको हो । १२ वर्ष भैसकेकोछ शान्ति सम्झौता भएको । अहिले सम्म पीडितहरुको विषयलाई थाति राख्नु सही होइन ।
रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्