Logo
Logo

सिन्धुपाल्चोक भूकम्प : एक कैदी घाइते, भोटेकोशीमा पहिरो गयो


1.7k
Shares

काठमाडौं । आज बिहान २: ५१ बजे गएकाे भूकम्पबाट सिन्धुपाल्चोकमा एक कैदी घाइते भएका छन् । सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प जाँदा भाग्ने क्रममा लड्दा एक कैदीको हात भाँचिएको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले ती कैदीको जिल्ला अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।यस्तै भोटेकोशी गाउँपालिका–३ दुगुनागढीमा पहिरो गएको जानकारी पाएको उनले बताए ।

यसैगरी इलाका प्रहरी कार्यालय कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ । ‘अन्यत्रको प्रहरी परिचालन गरी जानकारी लिने काम भइरहेको छ,’ प्रजिअ थापाले भने।

भूकम्पको अवधि छोटो भएको हुनाले त्यति क्षति नभएको अनुमान गरेको उनले बताए। ‘छोटो अवधि भएको हुनाले सामान्य असर पारेको हुनसक्छ’, उनले भने, ‘२०७२ को भूकम्पपछि घर निर्माण मापदण्ड पालना भएकाले पनि कम क्षति भएको हुनसक्छ।’

प्रतिक्रिया दिनुहोस्