Logo
Logo

नाशा हाइड्रोपावरमा कार्यरत रोल्पाका बजिन्द्र मृत भेटिए


567
Shares

काठमाडौं । दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत एक जना कामदार मृत फेला परेका छन् ।

हाइड्रोपावरको मादी जलजला कन्स्ट्रक्सनमा काम गर्दै आएका रोल्पाको सुनछहरी गाउँपालिका–३ का २३ वर्षीय बजिन्द्र घर्तीमगर मृत फेला परेका हुन् ।

उनको शव बिगु गाउँपालिका लामाबगरबाट देउराली जाने बाटोको भीरमा फेला परेको प्रहरीको भनाइ छ ।

फागुन १४ देखि सम्पर्कविहीन भएका बजिन्द्रको खोजतलास गर्दै जाने क्रममा बिहीबार साँझ बाटोभन्दा करिब २ सय मिटर तल भीरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

उनको शव पोस्टमार्टमका लागि पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोट लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्