Logo
Logo

वडा अधिवेशनबाट निर्वाचित रास्वपाका २९५ वडा सदस्यले लिए शपथ


1.1k
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौँ जिल्लाका अधिवेशन भएका वडा समितिका निर्वाचित पदाधिकारी एवं सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।

कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार शुक्रबार पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा भएको कार्यक्रममा काठमाडौंका ४१ वडाका २९५ निर्वाचित पदाधिकारी एवं सदस्यहरूले शपथ लिएका हुन् ।

उनीहरूलाई काठमाडौँ जिल्ला सभापति प्रदीप विष्टले सामूहिक शपथ ग्रहण गराएका हुन् । कार्यक्रममा पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्यालले वडा अधिवेशनबाट निर्वाचित सबै पदाधिकारी तथा सदस्यहरूलाई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न निर्देशन दिए ।

कार्यवाहक महामन्त्री बुर्लाकोटीले वडा समितिले वडा स्तरमा प्रशिक्षण कार्यक्रम, स्थानीय विकासका योजनाहरू तथा वडाका गतिविधिहरूको अनुगमन लगायतका थुप्रै कामहरू गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्