Logo
Logo

रुपन्देहीमा गोली प्रहारबाट एक युवकको मृत्यु


2.5k
Shares

रूपन्देही । रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ । रुपन्देही प्रहरीका अनुसार गोली प्रहारबाट मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षको राजेशसिंह लोधको मृत्यु भएको हो ।

उनीमाथि आज बिहान गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले बताए । उनका अनुसार घरको बरन्डामा आज बिहान ८ः१५ बजे रगतामे अवस्थामा भेटिएकाले गोली प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्