Logo
Logo

स्काउट, रेडक्रसजस्ता संस्थामा राजनीति हुँदा प्रभावकारी बनेनन् : विमलेन्द्र निधि


378
Shares

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधिले नेपाल स्काउट, रेडक्रस लगायतका संस्थामा राजनीतिकरण हुँदा राम्रोसँग काम गर्न नसकेको स्विकारेका छन्।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो स्विकारेका हुन्। उनले नेपाल स्काउट, रेडक्रस लगायतका संस्थामा धेरै राजनीतिकरण भएको बताए। उनले सामाजिक संस्थाहरूलाई राजनीतिक रूपमा नियन्त्रणमा राख्ने प्रवृत्तिले मूल ध्येय नै विचलित हुन पुगेको बताए। उनले नयाँ पुस्ताले अवसर पाउनुपर्ने कुरामा कुनै प्रश्न नरहेको बताए।

निधिले भने, ‘नेपाल स्काउट, रेडक्रस लगायतका संस्थामा राजनीतिकरण धेरै भएकाले राजनीतिक रूपमा नियन्त्रणमा राख्ने प्रवृत्तिले मूल गोल नै विकसित हुन सकिरहेको छैन। त्यसबाट जोगाएर अघि बढौँ। नयाँ पुस्ताले अवसर पाउनुपर्छ। क्षमताको विकास गर्नुपर्छ। नेतृत्वको विकास गर्नुपर्छ। पुराना पुस्तालाई पनि सम्मान गर्दै जानुपर्छ।’

सांसद निधिले नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्न सक्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्