Logo
Logo

एमालेको सचिवालय बैठक बस्दै, सरकारले ल्याएको अध्यादेशबारे छलफल हुने


945
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमाबस्ने तय भएको एमालेले जनाएको छ ।

आजको बैठकमा सरकारले जारी गरेको अध्यादेश लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने कार्यसुची छ । सरकारले जारी गरेको ६ वटा अध्यालेश संसदमा पेश हुन सकेको छैन । प्रतिनिधिसभामा सत्ता पक्षको बहुमत भएपनि राष्ट्रियसभामा संख्या अपुग छ ।

सत्तापक्षमै रहेका लोकतान्त्रिक समाजवादी, जनता समाजवादी पार्टी नेपालले भूमि अध्यादेशको विरोध गरेकाले सरकारले संसदमा स्वीकृतिका लागि कार्यसूचीमा राख्न सकेको छैन ।

जसपा नेपालले भूमि अध्यादेश फिर्ता हुनुपर्ने अडान राख्दै आएको छ । सत्ता पक्षले भूमि अध्यादेश छलफलका लागि कार्यदल गठन गर्ने भने पनि प्रक्रिया अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्