Logo
Logo

धनगढीको सामुदायिक वनमा २ जना मृत भेटिए


882
Shares

काठमाडौं । धनगढीको एक सामुदायिक वनमा दुई जना मृत फेला परेका छन् ।

आइतबार बिहान धनगढी उपमहानगरपालिका–९ गौरी कटनाको सालघारी सामुदायिक वनभित्र धनगढी– १० का अन्दाजी ३२ वर्षका देवल चौधरी र अन्दाजी ३४ वर्षका कैदा राना मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले २० मिटरको दुरीमा चौधरी र राना मृत अवस्थामा भेटिएको जानकारी दिए ।

बिहान वनमा दुई वटा शव देखेपछि स्थानीयले अस्थायी प्रहरी पोष्ट जुगेडालाई खबर गरेका थिए । घटनास्थल पुगेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्