
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का केन्द्रीय सदस्य मोहन थापा पक्राउ परेका छन् । रास्वापाका सभापति रवि लामिछानेका विश्वास पात्र मानिने थापालाई अमेरिकी प्रहरीले पक्राउ गरेको हो ।
अमेरिकी आप्रवासन र भन्सार प्रवर्तनले थापालाई एक साता अगाडि पक्राउ गरेको अमेरिकाबाट सञ्चालन हुँदै आएको समाज टाइम्स अनलाइनले जनाएको छ । नेपालबाट अमेरिका जाँदै गर्दा थापा पेन्सिल्भेनियाको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् ।
उनलाई अहिले फिलाडेल्फिया संघीय हिरासत केन्द्रमा राखिएको छ । उद्यपी उनलाई किन पक्राउ गरियो भन्नेबारे कुनै जानकारी दिइएको छैन । बाल्टिमोर एशोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) का संस्थापक अध्यक्ष थापा मेरिल्याण्ड बाल्टिमोरका बासिन्दा हुन् ।
पछिल्लो समय उनी नेपालको राजनीतिमा सक्रिय रहेका थिए । थापाले रवि लामिछानेको निकट रहेर काम गरेका थिए । थापा यस अगाडि पनि मेरिल्याण्डमा सवारी लाइसेन्स दुरुपयोग अभियोगमा जेल बसेका व्यक्ति हुन् ।