Logo
Logo

आज सर्वोच्च अदालतका कुनैपनि इजलास नबस्ने


1.6k
Shares

काठमाडौं । आज सर्वोच्च अदालतका कुनै पनि इजलास नबस्ने भएको छ । नेपालकै प्रथम महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनमा शोक व्यक्त गर्दै सर्वोच्चले कुनैपनि इजलास नबस्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले आइतबार सर्वोच्च अदालतका कुनै पनि इजलास नबस्ने निर्णय भएको जानकारी दिए ।

पहिलो महिला न्यायाधीश श्रेष्ठको ८४ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो । ०६१ वैशाख ३ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी उनी ०६५ जेठ २० मा अवकाश पाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्