Logo
Logo

युवाको चौतर्फी विकासमा सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता


378
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतको चौतर्फी विकासमा हरसम्भव सहयोग गर्न सरकार कट्टिबद्ध रहेको बताएका छन् ।

आइतबार सैनिक मञ्च टुँडिखेलमा राष्ट्रिय सेवा दलको १९ सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाको बिकासले मात्रै देश बिकास हुने भन्दै युवा जगतको चौतर्फी विकासका लागि सरकार हरसम्भव सहयोग गर्न कट्टिबद्ध रहेको बताएका हुन् ।

उनले ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी’ उक्तिलाई आत्मसाथ गर्दै चन्द्र र सूर्य अंकित झण्डाप्रति सदैव अनुशासित भई शिरोपर गर्न सक्ने युवाहरुको खाँचो राष्ट्रलाई रहने बताए । उनले राष्ट्रिय सेवा दल कार्यक्रम नेपाल सरकारको उच्च प्राथमिकतामा परेको भन्दै यसमा सहभागीहरुको संख्या बढाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले सर्वाेत्कृष्ट समाज निर्माणका लागि युवा अवस्थामा नै आफ्नो मनोबल उच्च बनाउनको साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै राष्ट्रप्रतिको कर्तव्य बुझ्ने नागरिक बन्ने कार्य पनि शुरु गर्नुपर्ने बताए ।

उनले अरुलाई छिर्के लगाएर नभई स्वच्छ प्रतिस्पर्धाका आधारमा मुलुकको विकासमा समर्पित हुन र अघि बढ्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्