
काठमाडौं । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले गरेको प्रदर्शनमा झडप भएको छ ।
आइतबार बिहान नयाँ बानेश्वरमा प्रहरी र समितिका प्रदर्शनकारीबीच झडप भएको हो । झडपमा परेर प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले डीएसपी पौडेलको टाउकोमा चोट लागेको जानकारी दिए ।
उनका अनुसार डीएसपी पौडेलको अहिले नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
केही समयदेखि काठमाडौँमा प्रदर्शन गरिरहेको सङ्घर्ष समितिले निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडी झडप भएको प्रहरीले जनाएको छ ।