Logo
Logo

सुर्खेत पुगेर प्रकाशमानले भने- पार्टी सभापतिका लागि उम्मेदवारी दिन्छु


630
Shares

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफू पार्टी सभापतिको लागि उम्मेदवार रहेको बताएका छन् । आइतबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले पार्टी सभापतिका लागि आफुले पनि उम्मेदवारी दिने बताएका हुन् ।

‘जुन पदमा छु त्योभन्दा तल जान म तयार छैन । नेतृत्व परिवर्तन पार्टी विधानअनुसार नै हुन्छ,’ उनले भने, ‘यसमा कसैले व्यक्तिगत स्वार्थ पूरा गर्ने भन्दा संस्थागत विकासलाई प्राथमिकता दिनुपर्छ ।’

साथै पार्टीलाई संगठनात्मक रूपमा मजबुत बनाउने अठोट गरेको पनि उनले बताए । ‘आसन्न महाधिवेशनलाई लिएर आन्तरिक रस्साकस्सी बढ्दो छ,’ उनले भने– ‘सभापति पदका लागि विभिन्न नेताहरूले दाबी छ । म पनि सभापतिको उम्मेदवार हुँ ।’

पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वाभाविक रहेको बताउँदै प्रतिस्पर्धा विधि र विधानअनुसार हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्