Logo
Logo

बानेश्वर झडप : डिएसपी घाइते, १२ प्रदर्शनकारी पक्राउ


1.6k
Shares

काठमाडौं । नयाँ बानेश्वर ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले गरेको प्रदर्शनमा झडप भएको छ ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडि भएको झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका थिए ।

उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ । सो घटनापछि बानेश्वरबाट १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ५ महिला र ७ पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्