Logo
Logo

डीएसपी घाइते घटनामा पक्राउ परेका सबै गुठी पीडित रिहा


1.2k
Shares

काठमाडौं । नयाँ बानेश्वरमा प्रदर्शनका क्रममा आइतबार पक्राउ परेका स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका १२ जनालाई प्रहरीले छाडेको छ ।

लालपुर्जा माग्दै गत माघ २० गतेदेखि काठमाडौंमा प्रदर्शन गदै आइरहेका गुठीपीडित र प्रहरीबीच आइतबार झडप हुँदा डीएसपी गंगा पौडेल घाइते भएका थिए । त्यसपछि प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको थियो ।

जसमा पिमा चौधरी, सुनिता चौधरी, विमला चौधरी, विन्दु कुमाल, रमा चौधरी, रमेश चौधरी, भरत चौधरी, लाल बहादुर चौधरी, धनिराम चौधरी, शेरबहादुर चौधरी, बालकृष्ण चौधरी र प्रविण चौधरीलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरु सबैलाई आज बिहान छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्