
काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले देशका विभिन्न १४ वटा क्याम्पसको स्ववियु सभापतिका उम्मेदवार टुंगो लगाएको छ । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि अनेरास्ववियुले आज बिहानसम्म १४ वटा प्रमुख क्याम्पसको सभापति पदका उम्मेदवार टुंगो लगाएको हो ।
अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीका अनुसार त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सिद्धान्त भट्ट, रत्न राज्य लक्ष्मी क्याम्पस काठमाडौँमा लोकेश खड्का सभापतिका उम्मेदवार हुनेछन् ।
त्यस्तै रामस्वरुप रामसागर बहुमुखी क्याम्पस, जनकपुरमा पुरुषोत्तम चौधरी, वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा पवन यादव, ग्रामीण आदर्श क्याम्पस, नेपालटारको सभापतिमा बैकुण्ठ (अशोक) खनाल सभापतिका उम्मेदवार छन् ।
पशुपति बहुमुखी क्याम्पसमा सोनाम मोक्तान, एनआर क्याम्पस नेपालटारमा निरज श्रेष्ठ, पब्लिक युथ क्याम्पस,धोबिचौरमा निराजन विक्रम शाही, कोटेश्वर बहुमुखी, कोटेश्वरमा शर्मिला भण्डारी, अनिश बोगटी महेन्द्र मोरङ, सर्लाही बहुमुखी क्याम्पस सर्लाहीमा कृष्ण कुमार यादब चिन्टु, महेन्द्र बहुमुखी दाडमा सागर पण्डित सभापतिका उम्मेदवार टुंगो लागेका छन् ।
त्यसैगरी, पूर्वाञ्चल क्याम्पस धरानमा ईश्वर बन्जाडे, पंकज गुप्ता महाराजगन्ज मेडीकल क्यापस र जनप्रिय क्याम्पस पोखरा आविष्कार के.सी सभापतिका उम्मेदवार टुंगो लागेका हुन् । चैतमा ५ हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा आज दिउँसो तीन बजेसम्म संघ÷संगठन दर्ताको कार्यक्रम तय भएको छ ।














