Logo
Logo

मुख्यमन्त्रीलाई नटेर्ने सिभिल अस्पतालका सञ्चालक पक्राउ


4.4k
Shares

काठमाडौं । मुख्यमन्त्रीको निर्देशन अटेर गर्ने सिभिल अस्पताल चन्द्रपुरका सञ्चालक राजन साह पक्राउ परेका छन् ।

नियम विपरीत अस्पताल सञ्चालन गरेको पाइएपछि सञ्चालक साहलाई आज बिहान इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले पक्राउ गरेको हो ।

गत शनिबार साँझ मधेस प्रदेशका मुख्यमन्त्री सतीश सिंहले अनुगमनको क्रममा उक्त अस्पताल दर्ता समेत नरहेको पाइएपछि अस्पताल बन्द गर्न तथा सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्न लिखित निर्देशन दिएका थिए ।

तर, मुख्यमन्त्रीले दिएको निर्देशन नै अटेर गरेपछि सञ्चालक साहलाई आज पक्राउ गरिएको डिएसपी राजकुमार राईले बताए । हाल उनी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्