
काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चुडामणि शर्माको मुद्दामा आज सुनुवाइ हुँदैछ ।
डिल्लीबजार कारागारमा रहेका निलम्बित शर्माले दायर गरेको मुद्दामा सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासमा पेसी तोकिएको छ ।
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ साउन १ गते १० अर्ब राजस्व चुहावट गरी राज्यलाई हानी पु¥याएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
०८० जेठमा विशेषले दोषी ठहर गर्दै ९ वर्ष कैदउसहित बिगो र जरिवाना गरी ६ अर्ब १५ करोड १७ लाख रुपैयाँ तिराउन आदेश दिएपछि उजी उक्त फैसलाविरुद्ध गत साउनमा बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च गएका थिए ।
फौजदारी कानुनमा १० वर्षसम्म कैद सजाय पाएका आरोपीले थुनाबाहिर रहेरै पुनरावेदन गर्न पाउने व्यवस्था छ । तर, बिगो र जरिवानाबापतको धरौटी बुझाउन नसकेर थुनामा बस्नुपरेपछि उनी सर्वोच्च पुगेका हुन् ।














