Logo
Logo

पशुपतिको बालुवाखानीमा भ्रष्टाचार : तीन जना पक्राउ


945
Shares

काठमाडौं । पशुपतिको बालुवा खानीमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजु कुमार रेग्मीलाई पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता युवराज खड्काले सर्वोच्च अदालतबाट दोषी ठहरीएका तीन जनालाई पक्राय गरिएको जानकारी दिए ।
रेग्मी पशुपति विकास कोषका पूर्वनिर्देशक हुन् भने जोशी र श्रेष्ठ पूर्व स्थानीय विकास अधिकारी (एलडीओ) हुन् ।

जोशी र रेग्मीमाथि ६ महिना कैद सजायको फैसला भएको छ । उनीहरुले २ करोड ३७ लाख रुपैंया भ्रष्टाचार गरेको ठहर सहित सर्वोच्च अदालतले फैसला गरेको छ । जिल्ला अदालतले श्रेष्ठलाई ४ वर्ष कैद सजाय तोकेको छ ।

अबैध रुख कटान गरेकोमा डेढ लाख रुपैंया भ्रष्टाचार गरेको ठहर छ । बालुवाखानी सञ्चालन गर्न दिँदा जिविसको रोयल्टीमा साढे ३८ लाख रुपैंया भ्रष्टाचार गरेको ठहर भएको हो । सर्वोच्च अदालतले उनलाई ७८ लाख ५३ हजार जरिवाना हुने आदेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्