Logo
Logo

मनकामनामा माइक्रो दुर्घटना, १ जनाको मृत्यु, १४ घाइते


252
Shares

काठमाडौं । गोरखामा मनकामना मन्दिर दर्शनार्थी सवार माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान करिब साढे ११ बजे ईभी माइक्रो बस शहीद लखन गाउँपालिका–३ अन्तर्गत आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु र अन्य १४ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरु सबैलाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्