Logo
Logo

केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पित


378
Shares

‘काठमाडौं । पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तकको लोकार्पण भएको छ । सोमबार एक समारोहबीच पुस्तकको लोकापर्ण पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेका अनेक संघर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेका नेतृत्वदायी पहललाई समेटेर पुस्तक तयार गरिएको हो ।

पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, सामाजिक व्यक्तित्वहरुका लेख–रचनासमेत समावेश गरिएको छ । सो पुस्तक अल्केमी प्रकाशनले गरेको हो । कार्यक्रममा प्रधानमन्त्री ओली, एमालेका महासचिव शंकर पोखरे, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल लगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्