
काठमाडौं । मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गमा पर्ने मनहरी ७ मा पश्चिबाट हेटौँडातर्फ आउँदै गरेको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका चितवन रत्ननगर १६ पिठुवाका ५६ वर्षीय नीमबहादुर थापाको मत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँका मोटरसाइकल चालक ५५ वर्षीय रामजी गौतम घाइते भएका छन् ।
उनलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।














