Logo
Logo

नियन्त्रणमा आयो टीकाथलीमा बोरिङ गर्दा निस्केको आगो


1.5k
Shares

काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा निस्केको आगो निभाइएको छ ।

बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किएपछि स्थानीय र सुरक्षाकर्मीको टोलीले लामो समयको प्रयासपछि नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरहरि रेग्मीले बिहानै निस्किएको आगोको ज्वाला करिब १२ बजेतिर नियन्त्रणमा लिन सफल भएको जानकारी दिए ।

उनका अनुसार स्थानीय र प्रहरी टोलीले फायर स्टेङ विसरको सहयोगमा आगो निभाएका हुन् । करिब ९ सय फिट (तीनसय मिटर) खनिसकेपछि जमिनमुनीबाट आगोको ज्वाला निस्किएको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000