Logo
Logo

थापाथलीमा पानी आपूर्ति आजै सुचारु हुन्छ: मन्त्री यादव


252
Shares

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले थापाथली चोक नजिक फुटेको मेलम्ची खानेपानीको पाइपलाइन मर्मत तीव्र रुपमा भइरहेको जानकारी दिएका छन् ।

मेलम्चीको पाइप फुटेर थापाथलीमा क्षति भएको खबर पाउनासाथ आफुले तत्काल मर्मत गरी पानी वितरण गर्न मातहतका निकायलाई निर्देशन दिएको उल्लेख गर्दै उनले आजैबाट पानी आपूर्ति हुने जानकारी दिएका हुन् ।

‘पाइप फुटेर पानी आपूर्तिमा समस्या आएको जानकारी पाउने बित्तिकै मैले सम्बन्धित निकायलाई तत्काल मर्मत गरी सेवा पुनः सुचारु गर्न निर्देशन दिएको थिएँ । अहिले प्राविधिक टोली मर्मत कार्यमा जुटेको छ र आजै पानी आपूर्ति पुनः सुचारु गरिनेछ,’ उनले भनेका छन् ।

यस घटनाले सर्वसाधारणलाई पर्न गएको असुविधाप्रति क्षमा माग्दै गर्दै मन्त्री यादवले पाइप फुटेको घटनाको विषयमा छानबिन गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्