Logo
Logo

मोरङमा रुखको एउटै हाँगोमा महिला–पुरुष मृत भेटिए


945
Shares

विराटनगर । मोरङको बक्राखा खोला किनारमा महिला–पुरुष मृत्त अवस्थामा भेटिएका छन् । उनीहरु खोला किनारको रुखको एउटै हाँगामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

मोरङ्गको पथरीशनिश्चरे–५ का अजय टुडू र झापाको गौरीगञ्ज गाउँपालिका–२ की जाबुमुनी हस्दा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगोमा झुण्डिएको अवस्थामा उनीहरु फेला परेको प्रहरीले जनाएको छ । उनीहरु दुवै विवाहित हुन् ।

मृतक युवतीको विवाह भने मोरङको कटरी गाउँपालिकामा विवाह भएको थियो । मृत फेला परेकी जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् । मृतक अजयको घरमा पत्नी र २ जना छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्