Logo
Logo

अमेरिका हिँडेका दाङका पूर्णबहादुर घानामा अस्ताए


7.1k
Shares

काठमाडौं । अवैध बाटो हुँदै अमेरिका हिँडेका दाङका पूर्णबहादुर डाँगीको घानामा निधन भएको छ । गैरआवसीय नेपाली संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाले डाँगीको निधन भएको पुष्टि गरे ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्– ‘अवैध बाटोबाट मानव तस्करमार्फत अमेरिका जान हिडेका दाङ, शान्तिनगरका पूर्णबहादुर डाँगीको घानामा मृत्य भएको छ ।’

थापाका अनुसार डाँगीको शव पोस्टमार्टम र अन्य प्रक्रियाका लागि त्यहाँको आकरास्थित अस्पतालमा राखिएको छ ।

अमेरिकाले आप्रवासीमाथि कडाइ गरिरहेका बेला अमेरिका नै हिँडेका डाँगीको निधन भएको हो । बुधबारमात्रै पनि कागजात नभएका ८ नेपाली नेपाल फर्काइएका थिए ।

प्रतिक्रिया दिनुहोस्