Logo
Logo

एनआईसी एशिया बैंकको २७ औँ वार्षिक साधारण सभा सम्पन्न 


441
Shares

काठमाडौं । एनआईसी एशिया बैंकको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बिहीबारका दिन काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना गरिएको बैंकको २७ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ ।

साथै सभाले बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी प्रति शेयर रु. १०० का दरले रु. ५ अर्ब बराबरको एनआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्