Logo
Logo

महिला आन्दोलनका उपलब्धि विश्व समुदायमाझ गर्व गर्न लायक : विद्यादेवी भण्डारी


693
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको महिला आन्दोलनका उपलब्धि विश्व समुदायमाझ गर्व गर्न लायक भएको बताएका छन् ।

बिहिबार काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धी विश्वकै महिला आन्दोलनको निम्ती उदाहरणीय भएको बताएका हुन् ।

उनले भने, ‘नेपाली महिलाहरू मुलुककै सर्वोच्च पद राष्ट्रपतिका साथै प्रधानन्यायाधीश, सभामुख जस्ता उच्च पदमा समेत पुग्न सफल भएका छन् । आज महिला अधिकार, सशक्तीकरण र उनीहरूको कल्याणको विषय राज्यको प्रमुख प्राथमिकता र दायित्वभित्र पर्दै गएको छ भन्न सकिन्छ ।’

त्यस्तै, भण्डारीले २०६२/६३ को जनआन्दोलनपछि पुनस्र्थापित प्रतिनिधिसभाले १६ जेठमा महिला अधिकारसम्बन्धी चारवटा विशेष प्रस्ताव पारित गरेको स्मरण गर्दै त्यसपछि मुलुकमा लोकतन्त्रको स्थापना र शासकीय रुपान्तरणका सिलसिलामा महिला आन्दोलनले श्रृङ्खलावद्ध रुपमा उपलब्धि हासिल गरेको बताए ।

उनले भने, ‘राज्यका महत्त्वपूर्ण निकाय तथा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिमूलक संरचनामा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित भएको छ । शिक्षा, स्वास्थ्य, व्यापार–व्यवसाय, राजनीति तथा प्रविधि जस्ता क्षेत्रमा महिलाहरूको उपस्थिति उल्लेख्य रूपमा वृद्धि हुनाको साथै उनीहरूको नेतृत्व क्षमता र प्रभावकारी भूमिका समेत समाजमा स्थापित हुँदै गएको छ ।’

उनले आफू राष्ट्रपति भएको बेलामा सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका साथै राष्ट्रपति महिला उत्थान कार्यक्रम, गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरेको स्मरण गर्दै त्यसलाई मातृत्व तथा शिशुको जीवन रक्षाको उदाहरणिय प्रयासको रुपमा स्मरण गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्