Logo
Logo

साँखुमा बालबालिका आश्रयस्थलमा टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु


1.8k
Shares

काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस)ले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको थियो । त्यसको ठक्करबाट दुईजना बच्चा र एक वृद्ध गरी तीन जनाको मृत्यु भएको आश्रय स्थलका फाउण्डर अध्यक्ष युवराज थापाले बताए ।

प्रहरी आएर मृतक र घाइतेलाई नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी पु¥याएको छ । प्रहरीका अनुसार अस्पतालका चिकित्सकले आज बिहान ४ः३३ बजे मृत घोषणा गरेका थिए ।

अहिले टिपरलाई डोजरको सहायताले तानेर बाहिर निकालिएको छ । उक्त टिपर सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीले चलाएका थिए । उनलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।

द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सलम्बुटारमा २०६२ सालदेखि आश्रयस्थल सञ्चालन गर्दै आएको छ । त्यहाँ ६१ जना बस्दै आएका थिए । तीमध्ये १० जना बसेको टहरामा टिपर छिरेको थियो ।

प्रतिक्रिया दिनुहोस्