
काठमाडौं । सरकारले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै छात्रवृत्तिका लागि कर्मचारीका सन्ततिलाई १५ दिनभित्र आवेदन दिन भनेको हो ।
कक्षा १२ वा सो सरहको परीक्षामा कम्तिमा २.४ जीपीए वा ५० प्रतिशत भन्दा बढी अंक ल्याएका, स्वदेशी विश्वविद्यालय वा आंगिक, सम्बन्धन प्राप्त स्वदेशी शिक्षण संस्थामा स्नातक तहमा भर्ना भइ अध्ययन गरिरहेकाले दरखास्त दिन पाउनेछन् । उमेर २५ वर्ष ननाघेको हुनुपर्नेछ ।














