Logo
Logo

स्ववियु निर्वाचनका लागि जसपा नेपालको टास्क फोर्स गठन, केन्द्रीय नेतालाई जिम्मेवारी तोकियो


315
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा पार्टीलाई परिचालन गर्ने भएको छ ।

आगामी २०८१ चैत्र गते हुने स्ववियुको निर्वाचनमा पार्टीसम्बद्ध समाजवादी विद्यार्थी युनियनलाई विजय गराउन पार्टी केन्द्रीय समितिको बैठकबाट महासचिव रामकुमार शर्माको संयोजकत्वमा १४ सदस्यीय टास्क फोर्स गठन गरिएको हो ।

उक्त टास्क फोर्समा पार्टीका सचिवद्वय शैलेन्द्र साह र सुरेशकुमार मण्डल, कोषाध्यक्ष सुरीता साह तथा पार्टी केन्द्रीय कार्यकारिणी सदस्य जयराम यादव केन्द्रीय सदस्यहरु विदेश्वर यादव, कृष्णशंकर साह, अशोककुमार यादव, रमेश महतो, डा. बबी सिंह, रमेशकुमार यादव, अम्बिका काफ्ले, श्याम यादव र कमन देवान रहेका छन् ।

त्यसैगरी केन्द्रीय समितिको बैठकबाट केन्द्रीय नेताहरुलाई नै जिल्लास्तरीय स्ववियु निर्वाचन परिचालनको जिम्मेवारी तोकिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार जयराम यादवलाई मोरङ, सुनसरीमा दिनेशकुमार मेहता, ताजुब लिम्बू र सबिता यादव, उदयपुरमा राहुल यादव, सप्तरीमा शैलेन्द्र साह, सिरहामा अशेश्वर यादव, धनुषामा जितेन्द्रकुमार यादव, महोत्तरीमा डा.सुरेन्द्रकुमार यादव, सर्लाहीमा रनधिर यादव, रौतहटमा योगेन्द्र राय यादव र पूजा चौधरीलाई जिम्मेवारी दिइएको छ ।

नवलपरासीमा रामबचन यादव र धरेन्द्र यादव, पर्सामा लालबाबु राउत, रुपन्देहीमा रामअवतार यादव, सावित्रा विक र सियाराम यादवले जिम्मेवारी पाएका छन् ।

कपिलवस्तुमा सुदिप पौडेल र शैलेन्द्र यादव, काठमाण्डौ उपत्यकामा रेखा यादव, लीलादेवी सिटौला, लक्ष्मण हुमागाई, सन्तोष सिलवाल, दीपक दोर्जे लामा, ज्ञानु लामा र सुनी लामाले जिम्मेवारी पाएका छन् । चितवन र मकवानपुरमा विद्युत बज्राचार्य, तारा विश्वकर्मा र मेजरमान मोक्तान साथै पाँचथरमा राजेन्द्रकुमार जबेगू, झापामा कमन देवान याक्खा र कास्कीमा मनबहादुर गुरुङलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्