Logo
Logo

चन्द्रागिरिको कवाड कारखानामा लागेको आगो नियन्त्रणमा


441
Shares

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१० बोसीगाँउस्थित आरएमबी प्लाष्टिक प्याकेजिङ हाउस (कवाड कारखाना) मा आज आगलागी भएको छ । पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रुपमा सञ्चालन गरेको सो कारखानामा गएरातिदेखि आगलागी भएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराले जानकारी दिए ।

आगो निभाउन सात वटा दमकल तथा १५ पानी ट्याङकर प्रयोग गरिएका थिए । कवाड कारखाना जलेर नष्ट भएको तथा क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्