
काठमाडौं । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि भूमिपुजन गर्न थालेपछि पोखरा महानगरपालिकाले प्रहरी परिचालन गरेको छ ।
अनुमति बेगर लेकसाइडको बाराहीघाटमा सुरु भएको भूमिपुजन रोक्न महानगरले कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको हो । ५० जना नगरप्रहरी लेकसाइडमा खटाइएको महानगरले जनाएको छ ।
महानगरले प्रहरी परिचालन गरेको छ भने आयोजक पक्षले कोटीहोम क्षेत्रमा रड र हतियार बोकेको समूह तैनाथ गरेको छ ।
पोखरा महानगरले कुनैपनि हालतमा लेकसाइडमा कोटीहोम हुन नसक्ने जिकिर गरेको छ ।
फाउन्डेसनका संस्थापक विजय भण्डारी जुनसुकै हालतमा कोटीहोम गरेरै पोखराबाट फर्कने अडानमा छन् । यसै विषयलाई लिएर केहीबेर अघि भूमिपुजन गर्ने पक्ष र गर्न नदिने पक्षबिच झडप समेत भएको छ ।