
काठमाडौं । पोखरामा कोटीहोमका लागि भूमिपुजन गर्ने पक्ष र गर्न नदिने पक्षबिच झडप भएको छ । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि भूमिपुजन गर्न थालेपछि भूमिपुजन गर्ने पक्ष र गर्न नदिने पक्षबिच झडप भएको हो ।
झडपमा केही घाइते भएका छन् । अनुमति बेगर लेकसाइडको बाराहीघाटमा भूमिपुजन गर्न थालिएपछि पोखरा महानगरले त्यलाई रोक्न कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको छ । ५० जना नगरप्रहरी लेकसाइडमा खटाइएको महानगरले जनाएको छ ।
महानगरले प्रहरी परिचालन गरेको छ भने आयोजक पक्षले कोटीहोम क्षेत्रमा रड र हतियार बोकेको समूह तैनाथ गरेको छ ।
पोखरा महानगरले कुनैपनि हालतमा लेकसाइडमा कोटीहोम हुन नसक्ने जिकिर गरेको छ । यता फाउन्डेसनका संस्थापक विजय भण्डारी जुनसुकै हालतमा कोटीहोम गरेरै पोखराबाट फर्कने अडानमा छन् ।