Logo
Logo

संसदमा प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै काम हुँदैन : सभामुख


504
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनैपनि काम नहुने बताएका छन् ।

इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को दोस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदमा बिचाराधीन विधेयकमाथि सञ्चारकर्मीको चासोप्रति आफु जानकार रहेको भन्दै प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनैपनि काम नहुने बताएका हुन् ।

प्रेस स्वतन्त्रता देशको आर्थिक समृद्धि र राजनीतिक स्थायीत्वको आधार भएको उनले बताए । सभामुख घिमिरेले लोकतन्त्रको आधारभूत सिद्धान्त सशक्त प्रेस, पारदर्शिता र उत्तरदायी शासन प्रणाली भएको धारणा राखे ।

कुनै पनि कानूनले प्रेस स्वतन्त्रतालाई कमजोर पार्ने काम गर्न नहुने र प्रेस स्वतन्त्रताप्रति आफु प्रतिवद्ध रहेको उनले । बिगतका आर्थिक नीतिलाई परिमार्जन गर्दै नयाँ अवसर खोज्नका लागि सरोकारवाला निकायबीच समन्वय हुनुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्