Logo
Logo

गृहमन्त्रीले लिए बैतडीको शान्तिसुरक्षाबारे जानकारी


945
Shares

बैतडी । गृहमन्त्री रमेश लेखकले बैतडीको शान्तिसुरक्षाका बारेमा जानकारी लिएबम छन् । आज बिहान खोड्पे प्रहरी चौकीको निरीक्षण गर्दै उनले जिल्लाको शान्तिसुरक्षाका बारेमा जानकारी लिएका हुन् ।

गृहमन्त्री लेखकले जिल्लाको समग्र शान्तिसुरक्षाका बारेमा जानकारी लिनुका साथै आवश्यक निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

उनले भने, ‘खोड्पे प्रहरी चौकीको निरीक्षणका क्रममा गृहमन्त्रीज्यूले जिल्लाको समग्र शान्तिसुरक्षा र विपद्को विषय जानकारी लिनुभयो, साथै आवश्यक निर्देशन समेत दिएर जानुभयो ।’

शान्तिसुरक्षा, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रणलगायत विषयमा गृहमन्त्री लेखकले निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्