Logo
Logo

ओलीको स्वागतका लागि सुर्खेतमा सडक खाली गराइपछि स्थानीयलाई सकस


882
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका छन् । प्रधानमन्त्री ओलीको स्वागतका लागि विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सडक खाली गराइएको छ ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन, रंगशाला अवलोकन लगायतका कार्यक्रम तय गरेर शुक्रबार सुर्खेत पुगेका हुन् ।

उनी पुगेपछि सुर्खेत विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सडक खाली गराइएको थियो । केहीबेर सवारी आवागमनसमेत अवरुद्ध भएपछि स्थानीयले विरोध प्रदर्शन गरेका छन् । स्थानीयले सडकमा अनावश्यक रुपमा रोकेको भन्दै हर्न बजाएर विरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्