Logo
Logo

नेताका घुँडा भाँचेर गाउँगाउँबाट लखेट्नुपर्छ : दुर्गा प्रसाईं


1.1k
Shares

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पार्टीका नेताहरूका घुँडा भाँच्ने र गाउँगाउँबाट लखेट्नुपर्ने भन्दै अराजक अभिव्यक्ति दिएका छन् ।

फाइल तस्बिर

शुक्रबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्तो अराजक अभिव्यक्ति दिएका हुन् । उनले देश बचाउन राजतन्त्र र हिन्दु राष्ट्र फर्काउनुको विकल्प नभएकाले आफूलाई साथ दिन आग्रह समेत गरे । अहिलेको समय राजा र दुर्गा प्रसाईंको भएको दाबी गर्दै उनले राजालेजसरी रक्तपातविहिन दरबार छाडेझैँ नेताहरूलाई बालुवाटार र सिंहदरबार छोड्न चेतावनी दिए ।

उनले अघि भने, ‘तिमीहरूले छाडेनौँ भने, राजा र मैले आन्दोलन घोषणा गरेका दिन तिमीहरूको हालत के हुन्छ सोच्नुपर्ने हुन्छ । उनले फागुन २५ गते पूर्व राजालाई निर्मल निवास पुर्‍याउने र त्यो शान्तिपूर्ण हुने बताए ।

त्यस्तै, प्रसाईंले माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा समेत अहिले राजतन्त्रको पक्षमा बहस गर्न थालेको बताए । उनले नेताहरूको छातीमाथि कुल्चेर राजा आउने भन्दै यो व्यवस्था परिवर्तन गर्न प्रहरीले साथ दिए त्यही दिन प्रहरीको एक लाख तलब बनाउने घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्