Logo
Logo

त्रिविको रेक्टर र डिनको कार्यकक्षमा नेविसंघका कार्यकर्ताद्वारा तोडफोड


1.5k
Shares

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रेक्टर र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिनको कार्यकक्षमा तोडफोड गरेका छन् ।

डिन प्रा.डा. शंकर खनालका अनुसार कार्यकक्षमा तोडफोड र कागजात छरप्रपट पारिएको छ । उनले भने, ‘कार्यकक्षमा तोडफोड भएको छ । कागजात छरप्रपट पारिएको छ । सिसा फुटाइएको छ । म कार्यालय जाँदै थिए । बाटोमा हुदा कर्मचारीले फोन गरेर तोडफोड भएको जानकारी गराउनु भयो । पुग्दा तोडफोड भइसकेको थियो ।’

यसअघि आजै नेविसंघका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेका थिए ।

शुक्रबार बिहान १० बजे रेक्टर केसीको कार्यकक्षमा आएर तोडफोड गरेका हुन् । शुल्कको विषयलाई लिएर उनीहरूले विज्ञप्ति टाँस गरेका थिए । उक्त विज्ञप्तिमा रेक्टरबाट कुनै चासो नभएको भन्दै विद्यार्थीहरू पुगेर तोडफोड गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्