Logo
Logo

सरकारी लेटरप्याडमै पूर्वराजालाई ‘श्री ५’ लेखेका पोर्चुगलका पर्यटन दूतलाई सरकारले हटायो


5k
Shares

काठमाडौं । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पोर्चुगलका पर्यटन दूत रमेशराज बास्तोलालाई हटाएको छ ।

सरकारी लेटरप्याडमै पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजधिराज’ सम्बोधन गरेका बास्तोलालाई मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय बिनोद प्रकाश सिंहले बास्तोलाई दूतबाट हटाएको बताए ।

बास्तोलाले बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाई दूतबाट हटाएको हो । उनलाई मन्त्रालयले २०८० माघ १३ गते दुई वर्षको लागि पोर्चुगलको लिजवन शहरको पर्यटन प्रवर्द्धकमा नियुक्त गरेको थियो ।

‘रमेशराज बास्तोलालाई पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि, २०७९ को दफा ५ बमोजिम लिखित स्पष्टीकरण सोधिएको थियो । ‘निजले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएकोले ऐनको कार्यविधिको दफा ५ बमोजिम मन्त्री स्तर निर्णयबाट पर्यटन प्रवर्द्धकको जिम्मेवारीबाट हटाइएको छ,’ मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्