काठमाडौं । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि देशभर उम्मेदवारी मनोनयन चलिरहेका बेला विभिन्न जिल्लाका थोरै विद्यार्थी संख्या रहेका १७ वटा क्याम्पसमा निर्विरोध पदाधिकारी चयन भएका छन् ।

मंगलवार दिउँसो ४ बजेसम्म प्राप्त विवरण अनुसार १७ वटा क्याम्पसमा निर्विरोध पदाधिकारी चयन भएका छन् । तीमध्ये ११ क्याम्पसको स्ववियु सभापतिमा एमालेनिकट अनेरास्ववियु निर्वाचित भएको छ ।
त्यस्तै माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ३ र कांग्रेसनिकट नेविसंघ तथा नेकपा एसनिकट अनेरास्ववियूले एक एक क्याम्पसको सभापति निर्विरोध भएका छन् ।
अनेरास्ववियु
अकबर चन्द – शिक्षा क्याम्पस, बैतडी
चेतन भण्डारी – संखुवासभा बहुमुखी क्याम्पस
सौगात कोइराला – माडव्य क्याम्पस, पाल्पा
अञ्जु परियार – तेज निरला क्याम्पस, मुस्ताङ
सपना चन्द – नवप्रभात क्याम्पस, बैतडी
अनिशा कोइराला – रामपुर क्याम्पस, पाल्पा
दीपेन्द्र दौल्याल – सेती क्याम्स, बझाङ
लोकेश खड्का – लाटिनाथ क्याम्पस, दार्चुला
ओमकार पाल – कृष्ण स्नातक क्याम्पस, दार्चुला
सागर खत्री – शारदा बहुमुखी क्याम्पस, मैनापोखर, बर्दिया
एल्डिस पुन – मंगला क्याम्पस, म्याग्दी
अखिल क्रान्तिकारी
सुस्मिता श्रेष्ठ – जुगल बहुमुखी सिन्धुपाल्चोक
अभिषेक थपलिया – नेत्रावती क्याम्पस, धादिङ
बम धामी- शान्ति आदर्श क्याम्पस, बझाङ
प्रकाश डाँगी – शीतल क्याम्पस, चौरहजारी, रुकुम,
नेविसंघ
राजु लामा – चैतन्य क्याम्पस, काभ्रेपलाञ्चोक
अनेरास्ववियू समाजवादी
कुमार घिसिङ – मनहरि क्याम्पस, मकवानपुर














