काठमाडौं । हराएको १७ दिनपछि एक पुरुषको शव शिवपुरी जंगलमा फेला परेको छ ।

प्रहरीका अनुसार काठमाडौंको तार्केश्वर नगरपालिका–६ धर्मस्थली बस्ने ५८ वर्षीय कान्छा मर्हजनको शव फेला परकेो हो । तार्केश्वर नगरपालिका–३ तीनपिप्ले पाँचमाने शिवपुरी जंगलमा मंगलबार मृत अवस्थामा उनी फेला परेका हुन् ।
प्रहरीका अनुसार मर्हजन यही फागुन १० गतेदेखि हराएका थिए । श्रीमतीसँग सामान्य विवाद भएपछि उनी घर छाडेर हिँडेका थिए ।