Logo
Logo

केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघको तालाबन्दी, यस्तो छ आरोप


2k
Shares

काठमाडौं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले केन्द्रीय क्याम्पस कीर्तिपुरमा तालाबन्दी गरेको छ । स्वतन्त्र विद्यार्थी युनियन स्ववियू निर्वाचनमा बागी उम्मेदवारी दर्ता गराएको भन्दै नेविसंघले तालाबन्दी गरेको हो ।

आधिकारिकरूपमा अध्यक्षमा अनोज कार्कीको नेतृत्वको टीम भएपनि नेविसंघ केन्द्रीय समितिको टिकट भन्दै नक्कली हस्ताक्षर र छाप लगाएर तोकिएको समय ५ बजेपछि बागी उम्मेदवार मनोनयन दर्ता गरिएको नेविसंघको आरोप छ ।

समयसीमा कटेपछि दिइएको निवेदनलाई विश्वविद्यालय क्याम्पसका निर्वाचन अधिकृतले आदिकल्चो फर्म लिएर बुझेकाले सो कुरा नसच्चिएसम्म तालाबन्दी गरिएको त्रिवि समितिका सभापति विष्णु बडैलाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आचारसंहिता विपरितका क्रियाकलाहरुलाई बढुवा दिँदै समिति अगाडि बढेमा नेपाल विद्यार्थी संघ त्रिुभवन विश्वविद्यालय समिति थप आक्रामक गतिविधि गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्