Logo
Logo

पूर्वराजा ज्ञानेन्द्र शाहको भान्जा भन्दै ठगी गर्ने सिंह कारागार चलान


1.3k
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको भान्जा भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका अनुप सिंह कारागार चलान भएका छन् ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको २८ फागुनको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सिंहले धरौटी नबुझाएपछि कारागार चलान भएका हुन् ।

अदालतले १२ लाख धरौटीमा तिरेर रिहा आदेश दिए पनि धरौटी नबुझाएपछि उनी कारागार चलान भएका हुन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सिंहलाई नख्खु कारागार पठाइएको छ । यही ठगीमा सिंहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका तीन जना भने धरौटी तिरेर रिहा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्